काठमाडौंः मोटरसाइकल चोरी गरेको अभियोगममा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले दुई जनालाई विहीबार ललितपुर लगनखेलबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा रामेछाप मन्थली नगरपालिका वडा नम्बर १२ घर भएका २५ वर्षीय रामशरणमिजार र १९ वर्षीय सुवास मिजार रहेका छन्।
उनीहरुलाई चोरी गरिएको बा ८१ प ५२७५ नम्बरको मोटरसाईकल सहित पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए। मोटरसाइकल २०७४ असोज ९ गते कपनबाट हराएको भन्दै प्रहरीमा उजुरी परेको थियो।
