PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

माघबाट प्रदेश लिग गराउने एन्फाको तयारी



पहिलोपोस्ट

माघबाट प्रदेश लिग गराउने एन्फाको तयारी

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले माघबाट प्रदेश लिग सञ्चालन गर्ने तयारी अघि बढाएको छ। प्रदेश कमिटीका प्रतिनिधिहरु सँगको छलफलपछि एन्फाले प्रदेश २, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेशमा प्रदेश लिग जनवरीको मध्य(माघ) बाट सञ्चालनको तयारी गरेको हो।

कोरोना भाइरसका कारण लामो समय फुटबल प्रभावित भए पनि पछिल्लो समय एन्फाले लगातार विभिन्न प्रतियोगिताका लागि तालिका सार्वजनिक गरिरहेको छ। यसअघि एन्फाले शहिद स्मारक बी डिभिजन लिग र सी डिभिजन लिगका लागि पनि मिति तोकिसकेको छ। बी डिभिजनका लागि फागुन ११ गतेबाट र सी डिभिजन चैत एकगतेबाट सुरु गर्ने एन्फाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell