PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

कामको खोजीमा कश्मीर पुगेका ३ युवाको हत्या, भारतीय मेजर दोषी ठहर



पहिलोपोस्ट

कामको खोजीमा कश्मीर पुगेका ३ युवाको हत्या, भारतीय मेजर दोषी ठहर
सांकेतिक तस्विर, Tauseef Mustafa

भारतीय सेनाका एक मेजरलाई भारत प्रशासित कश्मीरमा तीन युवाको हत्याको दोषी पाइएको छ। जुलाइ १८ मा दक्षिणी कश्मीरको शोपियाँ जिल्ला, अम्शीपुरा गाउँमा भएको मुठभेडमा परी तीन चरमपन्थीको मृत्यु भएको बताइएको थियो।

घटनाबारे सामाजिक सञ्जालमा चर्चा भएको थियो। इन्डियन एक्सप्रेसका अनुसार मारिएका सबै जम्मूको राजौरी जिल्लाका थिए। उनीहरू अम्शीपुरा गाउँबाट हराएका थिए।

जसका कारण सुरक्षाबलको कारवाहीको विषयलाई लिएर गम्भीर प्रश्न उठेका थिए। लगत्तै भारतीय सेनाले अनुसन्धान सुरु गरेको थियो। सोही अनुसन्धानपछि हत्यामा मेजरको संलग्नता रहेको पाइएको हो।

यसअघि सेप्टेम्बरमा सुरु भएको जाँचमा भारतीय सेनाले प्राप्त प्रमाणका आधारमा भनेको थियो – संलग्न सुरक्षाबलले आर्म्ड फोर्स स्पेशल पावर एक्ट, १९९० ले दिएको अधिकारभन्दा माथि उठेर युवाविरुद्ध कारवाही गरे। उनले सर्वोच्च अदालतले अनुमति दिएको आर्मी प्रमुखको दिशानिर्देशको समेत उलङ्घन गरेका थिए।

अम्शीपुरामा भएको इन्काउंटरमा मारिएका कश्मीरी युवाहरू इम्तियाज अहमद, अबरार अहमद र मोहम्मद इबरार हुन्। तीनै जना जम्मूको रजौरीमा मजदुर थिए र कामको खोजीमा कश्मीर गएको पाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell