PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

एमाले फुटाउने म होइन, केपी ओली हुन् : प्रचण्ड



पहिलोपोस्ट

एमाले फुटाउने म होइन, केपी ओली हुन् : प्रचण्ड

काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले फुटाउने ओली नै भएको आरोप लगाएका छन्। आफ्नो समूहको बबरमहलमा भएको पत्रकार सम्मेलनमा प्रचण्डले आफूले एमाले भित्रको गुटबन्दी मिलाउन खोजेको बरु ओलीले फुटाएको आरोप लगाए।

'म केपी र माधव जीलाई मिलाउन खोज्ने मान्छे हुँ। उहाँ माधवजी लाई माथि आउनैं दिन चाहनुहुन्थेन। म चाहीँ उहाँ पनि उतिकै बलियो हुनुहुन्छ भन्थेँ। त्यसैले म एमाले मिलाउने मान्छे हो,' उनले भने।

दाहालले माधव नेपाल र आफ्नो पञ्चायत बिरोधी आन्दोलनदेखि सहकार्य भएको बताए।

५० वर्ष लामो सम्बन्ध भएकाले कहिलेकाही उतारचढाब पनि आएको उनको भनाइ छ।

प्रचण्डले कम्युनिष्ट आन्दोलनमा उतारचढाब आउँदा सम्बन्धमा पनि उतारचढाव आएको बताए। उनले नेपालसँगको सम्बन्ध अब दीर्घकालीन हुने पनि संकेत गरे।

ओली निरंकुस हुँदा नेकपा फुटको अवस्थामा पुगेको उनको तर्क छ। दाहालले आफूले अपमान सहेर पनि एकता चाहेकाले ओलीले जहिले आफूलाई पेल्न खोजेको बताए। उनले आफु, नेपाल र बरिष्ठ नेता झलनाथ खनाल ओलीले अपमान सहनेहरुको समूह भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell