PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

कथालयको ‘सेतो माछा' श्रृङ्खलाका पाँच बालकथा सार्वजनिक



पहिलोपोस्ट

कथालयको ‘सेतो माछा' श्रृङ्खलाका पाँच बालकथा सार्वजनिक

काठमाडौं : कथालयले बालबालिकाका लागि गाइडो भान जेनेचनको ‘सेतो माछा’ श्रृङ्खलाका पाँच वटा पुस्तक प्रकाशनमा ल्याएको छ।

श्रृङ्खलामा सानो सेतो माछाको सिकाई र वृद्धिविकासक कथाहरु समेटिएका छन्। पाँच भागका प्रत्येक कथामा सेतो माछाले नयाँनयाँ कुराहरु सिक्दै जान्छ।

‘सेतो माछा’ शीर्षकको पहिलो भागमा एक वर्षको सेतो माछा समुद्रमा हुर्किरहेको हुन्छ। यसमा माछा आमाको खोजीमा निस्कने कथा छ।

सेतो माछाले गन्यो ११, साहसी सेतो माछा, सेतो माछा खुसी भयो र सेतो माछा ठूलो भयो यस शृंखलाका चार शीर्षक हुन्।

यी चार पुस्तकमा सेतो माछाले आफ्नो समुद्री संसारको बारेमा सिक्ने क्रममा आफ्नो परिवार र समुद्री जनावर चिन्न, उनीहरुसँग सहयोग र सहकार्य गर्न, अङ्कगन्न र रंग छुट्याउन सिकिरहेको छ।

दुई वर्षको हुँदासम्म उसले दैनिक जीवनमा आवश्यक पर्ने आधारभूत कुरा सिकिसकेको हुन्छ ।केही नजान्दा डराउने सेतो माछा नयाँ कुराहरु सिकेपछि साहसी भएको महशुस गर्छ र उसको दोस्रो जन्मदिन धुमधामसँग मनाइन्छ।

बालबालिकामा सिकाई सम्बन्धी उत्सुकता जगाउदै कथामा बाँधिरहने कथा सेतो माछामा जेनेचनले नै बनाएका विशिष्ट किसिमका चित्रद्वारा कथालाई झन सुन्दर बनाएका छन्।

हुर्किरहेका ३ देखि ६ वर्ष उमेर समूहका बालबालिका लक्षित यो सिरिजले बालबालिकाको भाषा, सिपसिकाई र क्षमता विकासमा सहयोग पुर्‍याउन सक्छ।

बलबालिकाका लागि लेख्ने जेनेचनका पुस्तक बेस्टसेलर रहँदै आएका छन्। उनका ‘द बिग बेबी बुकु, ‘मम्मिजएण्ड देअर बेबिज’, ‘राइडर रिक्की’ लगायत थुप्रै बालकथा प्रकाशित छन। उनी नेदरल्यान्डको ‘पिक्चर बुक अफ द इयर’ र  ‘रिडर्स डाइजेस्ट अवार्ड’ जस्ता प्रतिष्ठित पुरस्कारबाट सम्मानित लेखक हुन्।

यो पुस्तक सन् २००४ माक्लाभिस बिभिबिए प्रकाशन गृहबाट पहिलो पटक बेल्जियम र नेदरल्यान्डमा प्रकाशित भएको थियो।

पुस्तकको नेपाली अनुवाद सुनिती अमात्यले गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell