PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सञ्चालकले खोले हल, सीडीओले गरायो बन्द



पहिलोपोस्ट

सञ्चालकले खोले हल, सीडीओले गरायो बन्द

काठमाडौं : सरकारले अनुमति नदिएको भन्दै जिल्ला प्रशासन कार्यालय ललितपुरले लबिम मलमा रहेको क्युएफएक्समा सिनेमा नचलाउन निर्देशन दिएको छ।

ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले भने, 'सरकारले अनुमति नदिएका क्षेत्र खुला गर्न मिल्दैन। सिनेमा हलमा भौतिक दुरी कायम राख्न नसकिने भएकाले बन्द गर्न हामीले निर्देशन दिएका हौं।'

यता हल संचालकहरुले भने सबैखालका गतिविधिहरु निर्वाध चलिरहेको देखाउँदै सिनेमाघर खुला गरेका थिए। राजनीतिक दलहरुको भिडभाडयुक्त कार्यक्रममाथि कुनै पावन्‍दी नहुँदा दुरी कायम राखेर ५० प्रतिशतमात्र दर्शक लिनेगरी हल खुला गर्ने निर्णय नेपाल चलचित्र संघले गरेको थियो। त्यसैलाई आधार मानेर काठमाडौं उपत्यका भित्रका मल्टिप्लेक्सहरु आज खुलेका थिए।

'सरकारले हल खोल्न अनुमति दिएपछि बन्द गर्न भन्ने छैनौं,' सहायक प्रजिअ बस्नेतले भने, 'यस्तो निर्देशन नआउन्जेल हल खोल्न मिल्दैन।'

यता, काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने फिल्म हल संचालकहरुलाई छलफलका लागि डाकेको छ। स्कुल, कलेज, यातायात, उद्योग तथा कलकारखाना, रात्रि क्लब तथा रेस्टुराँहरु सबै खुला भइसकेको भए पनि सिनेमाघर भने खुल्न सकेको थिएन। त्यसैले संघले सरोकारवाला संघ/संगठनसँगको छलफलपछि फिल्म हल संचालन गरेर विरोध जनाउने निर्णय गरेको थियो।

'हामीले पैसा कमाउँला भनेर हल खोलेको होइन,' क्युएफएक्सका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले भने, 'सरकारलाई घच्घच्याउनमात्र प्रदर्शन सुरु गरेका हौं। पहिलो दिन नै प्रशासनबाट हल बन्द गर्न दवाव आउनु सरकारको आँखामा पर्नुजस्तै भएको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell