PahiloPost

Dec 27, 2024 | १२ पुष २०८१

वीरगंज बजारमा प्रशासनको अनुगमन : ७ वटा पसललाई कारबाही



राधेश्याम पटेल

वीरगंज बजारमा प्रशासनको अनुगमन : ७ वटा पसललाई कारबाही

वीरगंज : वीरगंजमा स्थनीय प्रशासनले बजार अनुगमन गरेको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा भएको बजार अनुगमनको क्रममा दुई वटा पसलले असहयोग गरेकोले ५/५ हजार जरिबाना गरिएको थियो भने बाँकी ५ वटालाई खरिद बिल नदेखाएको, मूल्यसूचि नराखेको र अन्य कानुनी प्रकृया पूरा नगरेकाले कारबाही गरिएको पर्साका सप्रजिअ पौडेलले जानकारी गराए।

बजार अनुगमनको क्रममा जयमाँ बनारसी इन्टरप्राइजेज, शोभा किराना पसललाई २०/२० हजार, जयमाँ किराना स्टोरलाई १० हजार, सीमी आर्युवेद फार्मेसी, एनयू ट्रेडिङ, एचएम ट्रेडर्स, देवी किराना पसललाई ५/५ हजार जरीबाना गरिएको उनले बताए। अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगंज, नेपाल पत्रकार महासंघ पर्सा, वीरगंज उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्च लगायतका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

पछिल्लो समय वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय वीरगंजको सक्रियातामा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवनलगायत जिल्लाका बजारहरुको अनुगनको क्रममा दर्जनौँ पसलहरुलाई कारबाही गरिँदै अएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell