PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

निजगढमा १ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले गर्‍यो नष्ट



पहिलोपोस्ट

निजगढमा १ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती प्रहरीले गर्‍यो नष्ट

वीरगंज : बारा प्रहरीले बाराको निजगढमा १ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ। निजगढ नगरपालिका वडा नम्बर १२ नाङ्गेडाडा क्षेत्रमा ऐलानी जग्गामा लगाइएको एक बिघा क्षेत्रफलको गाँजा खेती नष्ट गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रले जानकारी दिए।

गत मंसिर १६ गते देखि बारामा गाँजा खेती नष्ट गर्ने अभियान चलाइएको छ। सोही क्रममा शुक्रवार बिहान १० बजे इलाका प्रहरी कार्यालय निजगढ र अस्थायी प्रहरी पोस्ट रतनपुर बाराको टोलीले उक्त गाँजा खेती नष्ट गरेको थियो। यसअघि पनि बाराको निजगढको चूरे क्षेत्रमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell