PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

शेरबहादुर तामाङलाई पाठ सिकाउन प्रदेश सभामा पराजित दावालाई 'ओलीले बनाए मन्त्री'



पहिलोपोस्ट

शेरबहादुर तामाङलाई पाठ सिकाउन प्रदेश सभामा पराजित दावालाई 'ओलीले बनाए मन्त्री'

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा पराजित दावा तामाङलाई मन्त्री बनाएका छन्। सिन्धुपाल्चोकका अधिकांश नेताहरु प्रचण्ड माधव लाइनमा लागेपछि क्षेत्र २ प्रदेश (ख) मा पराजित दावालाई मन्त्रीको चिट्ठा परेको हो।

उनलाई गृहमन्त्री रामबहादुर थापा बादलको सिफारिसमा मन्त्री बनाइएको बताइएको छ। पूर्वमन्त्रीसमेत रहेका सिन्धुपाल्चोकका सांसद शेरबहादुर तामाङलाई पाठ सिकाउन ओलीले यो कदम चालेको बताइएको छ।

पूर्वमन्त्री तामाङ ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन गएका थिए। उनलाई रिक्त रहेको मन्त्रालयमा पुनः मन्त्री बनाउने चर्चासमेत चलेको थियो। यद्यपि माधव नेपाल गुटका भनेर चिनिएका उनलाई कार्यकर्ताको व्यापक दबाब परेपछि शुक्रबारबाट प्रचण्ड माधव गुटमा फर्किएका थिए। शेरबहादुर पत्नी उषाकला राईले ओलीले दिएको केन्द्रीय सदस्य पद पनि अस्वीकार गरिसकेकी छिन्।

दावा प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेसका निमा लामासँग पराजित भएका व्यक्ति हुन्।

वाम गठबन्धनविरुद्ध कांग्रेसका निमाबाहेक अरु दुई क्षेत्र र तीन प्रदेश नेकपाले जितेको थियो। पूर्व सभासद्समेत रहेका माओवादी केन्द्रका दावालाई १९७ मतले पराजित गर्दै कांग्रेसका निमा लामा प्रदेश सभा सदस्यमा विजयी भएका थिए। लामाले १८ हजार ९०५ मत पाए भने तामाङले १८ हजार ७०८ पाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell