PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

डोरमणिविरुद्ध अविश्वासको प्रस्ताव परेपछि कांग्रेस प्रदेश सांसद जुटे छलफलमा



पहिलोपोस्ट

डोरमणिविरुद्ध अविश्वासको प्रस्ताव परेपछि कांग्रेस प्रदेश सांसद जुटे छलफलमा

काठमाडौं : वाग्मती प्रदेश सभाको नेपाली कांग्रेस संसदीय दलको बैठक काठमाडौंमा बसेको छ। आज वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेसँगै कांग्रेसको संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले संसदीय दलको बैठक डाकेका थिए।

बैठकले केपी ओली सरकारले चालेको संसद विघटनको विरोध गरेको छ। त्यसैगरी उक्त बैठकले अविश्वासको प्रस्तावसम्बन्धी कस्तो कदम चाल्ने विषयमा समेत छलफल गरेको थियो। यसबारे उचित कदम चाल्नका लागि संसदीय दलका नेता बाँनियालाई जिम्मेवारी प्रदान गरेको कांग्रेस वाग्मती प्रदेशका संसदीय दलका सदस्य सचिव निमा लामाले जानकारी दिए।

‘संसदीय दलको बैठक आज काठमाडौंमा बस्यो। केपी ओलीको सरकारको कदमको विरोध गर्‍यो। बैठकले अविश्वासको प्रस्ताव सम्बन्धमा कांग्रेसले उचित समयमा उचित कदम चाल्ने गरी संसदीय दलको नेतालाई जिम्मेवारी दिने निर्णय गरेको छ,’ लामाले भने।

प्रदेशमा प्रचण्ड माधव पक्षबाट अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीमा आउने बताइएको छ। वाग्मती प्रदेशको सरकार गठनका लागि कांग्रेसको साथ आवश्यक देखिएको छ। यसबारे भने अर्को बैठकले निर्णय गर्ने र यसको जिम्मेवारी संसदीय दलको नेतालाई प्रदान गरिएको सदस्य सचिव लामाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell