काठमाडौं : गायक रेशम पुनको स्वर रहेको ‘ए मेरी जुरेली’ बोलको गीत सार्वजनिक भएको छ। लोकपप गीत म्युजिक भिडियोसहित यट्युब रिलिज भएको हो।
गीतको शब्द तथा संगीत रेशम पुनकै रहेको छ। त्यस्तै पुरुषोत्तम न्यौपानेले एरेन्ज गरेका हुन्। श्रीपेज टिभीले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन प्रकाश देवकोटाले गरेका हुन्। कलाकारहरु सविना राउत, दिलिप खड्का र बालकलाकार उत्सव बस्नेत फिचर्ड छन्।
केशव अधिकारीको छायाँकन, सविना राउतको कोरियोग्राफि रहेको भिडियोको सम्पादन धिरज खड्काले गरेका हुन्।
भिडियोमा निम्न वर्गको प्रेमकथा चित्रण गरिएको छ।
