PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नक्साल तरकारी बजारमा अब ‘क्यूआर कोड स्क्यान’ गरेर भुक्तानी गर्न सकिने



पहिलोपोस्ट

नक्साल तरकारी बजारमा अब ‘क्यूआर कोड स्क्यान’ गरेर भुक्तानी गर्न सकिने

काठमाडौं : राजधानीको नक्सालस्थित नक्साल तरकारी बजारमा किनमेलका लागि पुग्नेहरूले अब नगद बोक्नैपर्ने झन्झट हटेको छ। मोबाइल छ, बैंक खाता लिंक गरिएको छ भने डिजिटल भुक्तानी गरे हुने सुविधा शुरु भएको हो।

तरकारी बजारमा पसलैपिच्छै क्यूआर कोड छन्। उक्त कोड स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ। नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा सञ्चालनमा ल्याइएको सेवाको शुक्रवार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुभारम्भ गरे।

तरकारी खरिदको भुक्तानी क्यूआर कोडबाट गर्दै सेवा उनले शुभारम्भ गरेका हुन्। एफवान सफ्ट इन्टरनेसनलको ‘फोनपे’ मार्फत् उपभोक्ताहरुले बिल भुक्तानी गर्न सक्ने छन्। उक्त बजारमा उपभोक्ताहरुका लागि भायनेटले निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ।

बजारका अधिकांश पसलहरुमा फोनपेको क्युआर कोड झुन्ड्याइएको छ। जसलाई स्क्यान गरी उपभोक्ताहरुले तरकारी वा फलफूलको बिल क्युआर कोडमार्फत् भुक्तानी गर्न सक्ने छन्। कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले डिजिटल भुक्तानी शुरु गर्ने नेपालकै पहिलो तरकारी बजार बनेकोमा बधाई दिएका छन्।

राष्ट्र बैंकको सोचलाई आफ्नो सामाजिक उत्तरदायित्वबाट कार्यान्वयनमा लगेको भन्दै गभर्नर अधिकारीले सानिमा बैंकलाई धन्यवाद दिए। कोभिड-१९ संक्रमणका कारण नगदरहित भुक्तानीको महत्व अझै बढ्दै गएको भनाइ उनले राखे।

पछिल्लो समय मासिक ३० प्रतिशतका दरले क्यूआर कोड बढ्दै गएको भन्दै गभर्नर अधिकारीले व्यक्तिगत रुपमा चलिरहेका तरकारी एवम् साना लगानीका पसलहरुमा क्यूआर कोडबाट गरिने भुक्तानीलाई प्रोत्साहन गर्नुपर्ने बताए।

‘क्यूआर कोडलगायत प्रविधिको फाइदा पैसा नचलाउने विषयमा मात्रै सीमित छैन। यो विषय राज्यको सुशासनसँग पनि गाँसिएको छ, व्यक्तिहरुको आचरणसँग गाँसिएको छ,’ अधिकारीले भने।

राष्ट्र बैंकले नक्सालपछि कालिमाटी, बल्खुलगायतका ठूला तरकारी तथा फलफुल बजारमा क्यूआर कोडमार्फत् भुक्तानी गर्ने तयारी गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell