PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

क्रिष्टमसको बिहानै अमेरिका, टेनेसीमा हमला



पहिलोपोस्ट

क्रिष्टमसको बिहानै अमेरिका, टेनेसीमा हमला
Reuters

अमेरिकाको टेनेसी प्रान्तको नशविल शहरमा क्रिष्टमसको विहानै हमला भएको छ। प्रहरीका अनुसार यो योजनावद्ध हमला हो।

स्थानीय समय अनुसार बिहानको ६ बजे त्यहाँको सिटी सेन्टरबाट अचानक बन्दुक पड्केको आवाज आएको थियो। धुँवा फैलिएको थियो। घटनामा परी तीन जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ।

बीबीसीका अनुसार हमलाका कारण एक प्रहरी अधिकारीको पनि खुट्टामा चोट लागेको छ।

प्रहरी प्रवक्ता डन आरनले पत्रकारसँग भने,’यो जानी बुझी गरिएको आक्रमण हो।‘

अल्कोहल, टोब्याको र फायरआर्म्स ब्यूरोका जाँचकर्ता र एफबीआईको समूह घटनास्थलमा उपस्थित रहेको बताएका छन्। भलै घटनाको निश्चित कारण भने पत्ता लागेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell