PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

नाइजेरियामा बोको हरामको आक्रमण : चर्चसहित घरहरू जलाउँदा कम्तिमा ११ जनाको मृत्यु



पहिलोपोस्ट

नाइजेरियामा बोको हरामको आक्रमण : चर्चसहित घरहरू जलाउँदा कम्तिमा ११ जनाको मृत्यु

बोको हरामले उत्तरी नाइजेरियाको गाउँहरूमा आक्रमण गरेको छ। समूहको आक्रमणमा परी कम्तिमा ११ जना मानिसको मृत्यु भएको छ।

बोको हरामले इसाइ धर्म मान्नेहरूको बाहुल्यता रहेको गाउँमा आक्रमण गरेको हो। साथै क्रिष्टमसकै मौका पारी चर्च समेत जलाएको छ। बोर्नो राज्यको पेमीमा ट्रक र मोटरसाइकलसहित पसेका आतंककारीहरूले गोली प्रहार गरेका थिए।

पेमी सिबोकको नजिकै छ जहाँबाट सन् २०१४ मा २ सय छात्राहरू अपहरणमा परेका थिए।

उत्तरी नाइजेरियमा बोको हरामले श्रृङ्खलावद्ध आक्रमण गरिरहेको छ। त्यहाँको सरकार हटाइ मुसलमान राज्य स्थापना गर्नु उनीहरूको लक्ष्य हो।यस समूहले पश्चिमा शिक्षामा प्रतिबन्ध लगाउन खोजिरहेको छ। आक्रमण भएको गाउँका धेरै मानिस अझै हराइ रहेको बीबीसीमा जनाइएको छ।

‘आतंककारीले ७ जना मानिस मारे। १० वटा घर जलाए। क्रिष्टमसमा बाढ्न भनेर राखिएको खानेकुरा लुटे’, सेनाका प्रमुख अब्वाकु काबुले भनेका छन्। चर्चमा आक्रमण पछि त्यहाँका धर्मगुरुलाई प्रहार गरे। आगो लगाउनुअघि अस्पतालबाट उपचार सामाग्री समेत कब्जामा लिएका थिए।

एक दशकभन्दा लामो भइसकेको बोको हरामको आतंकवादमा परी ३६ हजार भन्दा बढी मानिसले ज्यान गुमाइ सकेका छन्। २० लाखभन्दा बढी मानिसलाई बिस्थापित गरिएको द्ध।

यही डिसेम्बरमा समूहले ३ सयभन्दा बढी छात्रहरूलाई विद्यालयबाटै अपहरण गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell