PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

भारतमा यसरी हुँदैछ कोरोनाविरुद्ध भ्याक्सिन लगाउने पूर्व अभ्यास



पहिलोपोस्ट

भारतमा यसरी हुँदैछ कोरोनाविरुद्ध भ्याक्सिन लगाउने पूर्व अभ्यास
Getty Images

भारतमा आम मानिसलाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन ‘ड्राइ रन’ अर्थात् पूर्वाभ्यास हुने भएको छ। यसलाई भारतीय इतिहासकै महत्वाकांक्षी पूर्व अभ्यास हुने इन्डियन एक्सप्रेसले जनाएको छ।

डिसेम्बर २८ र २९ मा आन्ध्र प्रदेश, गुजरात, पञ्जाब र असममा खोप अभियानको पूर्व अभ्यास हुनेछ।

चार प्रमुख चरणमा गरिने अभ्यास केन्द्र सरकारको निगरानीमा हुँदैछ। पहिलो चरणमा अभ्यास गरिने सबै जिल्लामा करिव सय वटा डमी खोप उपलब्ध गराइन्छ। त्यस्तै खोपको डिपोदेखि खोप लगाउने ठाउँसम्मको तापक्रम मापन हुनेछ। लाभार्थीहरूलाई खोप लगाउनु अघि कहाँ गएर लगाउने? भन्ने बारे सन्देश पठाइन्छ। खोप लगाइ सकेपछि भने करिव ३० मिनेट स्वास्थ्यकर्मीको निगरानीमा लाभार्थीलाई राखिन्छ।

खोप अभियानमा संलग्न २ हजार ३ सय ६० मानिसलाई राष्ट्रिय स्तरको तालिम दिइएको जनाइएको छ।

हाल बेलायत, फ्रान्स र अमेरिकामा खोप लगाउने कार्यक्रम अघि बढिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell