PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

कस्तो छ ‘कुली नम्बर १?’



पहिलोपोस्ट

कस्तो छ ‘कुली नम्बर १?’

कुली पात्र राज धनी बुवाकी छोरी सारासँग प्रेममा पर्छ। अरबपतिसँग छोरीको विवाह गराउने योजनामा हुन्छन् साराका बुवा। त्यो कुरा थाहा पाएपछि कुली धनी बनेर प्रस्तुत हुन्छ। त्यसपछि के हुन्छ? भन्ने विषय वरपर घुमेको छ बलिउड रिमेक ‘कुली नम्बर १’। फिल्मलाई आइएमडिबीमा दशमा १.४ मिलेको छ। दश हजार ६८ जना दर्शकले जनाएको प्रतिक्रियाका आधारमा उक्त अङ्क तय भएको हो।

अमेजन प्राइममार्फत् सार्वजनिक फिल्मको दर्शक प्रतिक्रिया निकै नकारात्मक छ। त्यस्तै फिल्मको समीक्षाले पनि सकारात्मक संकेत दिँदैन।

२५ वर्षअघि बनेको ‘कुली नं १’ हाँस्यव्यङ्ग्य, गीत र मुख्य कलाकार करिश्मा कपुर र गोविन्दाका कारण चर्चित रह्यो। उक्त फिल्मप्रतिको अन्यायका रुपमा समेत व्याख्या गरिएको छ यस रिमेकलाई। निर्देशक डेविड धवन आलोचनाका पात्र बनेका छन्।

फिल्म समीक्षक तरण आदर्शले फिल्मलाई पाँचमा ३.५ स्टार दिएका छन्। फिल्मबारे लेखेका छन् : यो रिमेक डेविड धवनको आफैसँगको प्रतिस्पर्धा थियो। तर, यो फिल्म रमाइलोका लागि मात्र हो। ती दर्शकका लागि जो फिल्मको उद्देश्य र लजिकबारे सोच्दैनन्।

वरुण धवनलाई गोविन्दाको ठाउँमा उभ्याउनु चुनौतीपूर्ण बनेको समेत उल्लेख गरेका छन्।

द गार्जियनमा गरिएको समीक्षामा फिल्मलाई २ स्टार दिइएको छ। लेखिएको छ – वरुण धवनको यो फिल्म ठूलो हो तर राम्रो होइन।

त्यस्तै टाइम्स अफ इन्डियामा पाँचमा २.५ स्टार दिइएको छ। फिल्मको अझै राम्रो रिमेक बन्न सक्थ्यो। समीक्षामा सारा अलिखानको अभियनको आलोचना गरिएको छ।

इन्डियन एक्सप्रेसले फिल्मलाई एकमात्र स्टार दिएको छ। समीक्षक सुभ्रा गुप्ताले लेखेकी छिन् : फिल्मको केही पनि राम्रो छैन। सायद फिल्म निर्देशकले सोचेनन् – दुनियाँ बद्लिसक्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell