PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

लागुऔषध गाँजा सहित बाबुछोरा समातिए



पहिलोपोस्ट

लागुऔषध गाँजा सहित बाबुछोरा समातिए

चितवनः इलाका प्रहरी कार्यालय भण्डाराले १८ केजी अवैध लागुऔषध गाँजासहित बाबुछोरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–७ गर्लिङ घर भएका ३५ वर्षीय रामकृष्ण प्रजा र उनीका १२ वर्षीय छोरा रहेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार उनीहरुलाई राप्ती नगरपालिका–४ झरना जाने सडकबाट शुक्रवार  उनीहरुलाई पक्राउ गरिएको हो। जाँचका क्रममा उनीहरुको साथमा रहेको कालो झोलामा गाँजा भेटिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धान र कारवाहीका लागि इलाका प्रहरी कार्यालय खैरहनी ल्याइएको छ । रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell