PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

ललितपुरको यि ठाउँमा आज केहि समयको लागि बिजुली नआउने



पहिलोपोस्ट

ललितपुरको यि ठाउँमा आज केहि समयको लागि बिजुली नआउने

काठमाडौंः आज ललितपुरका विभिन्न ठाउँमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ।

नेपाल विद्युत प्राधिकरण लगनखेल वितरणकेन्द्र अन्तर्गत पर्ने इमाडोल र पाटन क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

वितरण लाइन मर्मत तथा सुधार गर्नको लागि इमाडोल ३ फिडर दिउसो १ बजे देखि ३ बजे सम्म र लोकल पाटन फिडर दिउसो २ बजे देखि ३ बजे सम्म सटडाउनमा राखि काम गर्नुपर्ने भएकोले उक्त फिडरहरुबाट लाइन लिएका ठाउँमा आपूर्ति अवरुद्ध हुने छ।

मर्मतको काम तोकिएको समय भन्दा अघिनै सम्पन्न भएमा निर्धारित समय भन्दा अगावै लाइन सुचारु हुन सक्ने पनि प्राधिकरणले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell