काठमाडौंः प्रहरीले भारतीय नक्कली नोट सहित दुई जना भारतीय नागरिकलाई मोरङमा पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको टोलीले भारतको बौका चोप्राह बस्ने ३० वर्षीय कुन्दन मण्डल र भारतको तिरा बस्ने १८ वर्षीय शिवरन्जन सिंहलाई नियन्त्रणमा लिएको हो।
शुक्रवार राति मोरङको रंगेली नगरपालिका वडा नम्बर ८ दर्बैसामा भारत बाट नेपाल तर्फ आइरहेको बीआर ३८ एन ०२५१ नम्वरको मोटसाइकलमा सवार रहेका उनीहरुको शरीर चेक गर्दा नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले जानकारी दिए।
प्रहरीले मोटरसाइकल चालक मण्डलको साथबाट २०० दरको भारतीय नक्कली नोट १७ वटा र मोटरसाइकल पछाडि बसेका सिंहको साथबाट १०० दरको भारतीय रुपैयाँ १ सय ४३ वटा नक्कली नोट फेला पारेको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
