PahiloPost

May 10, 2026 | २७ बैशाख २०८३

तीन दिनदेखि पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा आगलागी,नियन्त्रणको लागि आज सुरक्षाकर्मी पठाइयो



रासस

तीन दिनदेखि पाथीभरा मन्दिर क्षेत्रको सामुदायिक वनमा आगलागी,नियन्त्रणको लागि आज सुरक्षाकर्मी पठाइयो
फाइल फोटो

ताप्लेजुङ : प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रका सामुदायिक वनमा आगलागी भएको छ।

तीनदिन देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । फुङलिङ नगरपालिकास्थित फावाखोलामा पर्ने सिम्बु सामुदायिक वनमा तीन दिनदेखि आगलागी भइरहेको हो।

आगो नियन्त्रणका लागि आज बिहान सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली सोही क्षेत्रमा गएको प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए।

यस्तै पाथीभरा क्षेत्रका स्थानीयवासीसमेत आगो नियन्त्रणका लागि आगलागी क्षेत्रमा गएका बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell