PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

एक महिनाअघि चितवन कारागारबाट भागेका थुनुवा तनहुँको जंगलबाट समातिए



पहिलोपोस्ट

एक महिनाअघि चितवन कारागारबाट भागेका थुनुवा तनहुँको जंगलबाट समातिए

काठमाडौंः  एक महिनाअघि कारागारबाट भागेका थुनुवा फेरी पक्राउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले शनिवार बेलुका चितवन कालिका नगरपालिका वडा नम्वर २ बस्ने ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई नियन्त्रणमा लिएको हो।

जवरजस्ती करणी उद्योगमा श्रेष्ठलाई अदालत गत साउन २० गते पूर्पक्षको लागि थुनामा पठाएको थियो। भरतपुर महानगरपालिका वडा नम्बर १० मा  रहेको कारागार कार्यालयबाट उनी मंसीर ११ गते बेलुकाको समयमा फरार भएका थिए।

श्रेष्ठलाई तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ कालिमाटी स्थित जंगलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए।  श्रेष्ठलाई आवश्यक कारबाहीको लागी कारागार कार्यालय चितवनमा बुझाउने तयारी भई रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell