PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

'विक्रम वेदा'को हिन्दी रिमेकमा ऋतिक रोशन र सेफअलि खान



पहिलोपोस्ट

'विक्रम वेदा'को हिन्दी रिमेकमा ऋतिक रोशन र सेफअलि खान

विक्रम एक पुलिस अफिसर हुन्। वेदा एक ग्याङ्गस्टर। जसको आगमनपछि विक्रमको करियरको रफ्तार एउटै रहँदैन। पक्राउ गर्ने योजना बन्दाबन्दै वेदा स्वंयले आत्मसमर्पण गर्छ। उसले विक्रमलाई तीन फरक कथाहरू सुनाउँछ। ती कथाले विक्रमको सोच बदलिदिन्छ। सही र गलतलाई हेर्ने दृष्टिकोण फेरिन्छ।

यही कथा सारहसहितको तामिल फिल्म 'विक्रम वेदा' हिन्दी भाषामा फेरि बन्दैछ। सन् २०१७ मा बक्सअफिस अनि समीक्षात्मक हिसाबमा सफल ठहरिएको फिल्ममा आर माधवन र विजय सेथुपथी अभिनय थियो। यस क्राइम थ्रिलरका लागि बलिउड स्टारहरू ऋतिक रोशन र सेफअलि खान अनुबन्धित भएका छन्।

बलिउड विश्लेषक रमेश बालाले ट्वीटमार्फत् खबर पुष्टि गरेका छन्। उनको ट्वीटका अनुसार सेफ विक्रम बन्दैछन्। ऋतिक वेदा। यसअघि सेफसँग आमिर अनुबन्धित हुने खबर सार्वजनिक थियो।

फिल्मको बलिउड रिमेक पुष्कर गायत्रीले नै निर्देशन गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell