PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

'पुलिस'को ज्यानै लिने 'भयङ्कर'को त्यो अपराध...



पहिलोपोस्ट

'पुलिस'को ज्यानै लिने 'भयङ्कर'को त्यो अपराध...

काठमाडौं : आँगनमा शरीर डङ्ग्रङ्ग लडेको थियो। शरीर र लगाएको लुगामा समेतमा रगत लतपत।

टाउकोमा चोट। त्यहीँबाट बगेको रगतले छपक्कै भएको अनुहार।

घटना पुस ३ गते बिहान साढे ७ बजेको हो। ४५ वर्षीय पुलिस भन्ने पर्शुराम गौतम झापा मेचीनगर नगरपालिका  वडा नम्बर ९ स्थित उनकै घरमा उनी यसरी नै मृत अवस्थामा भेटिए। विभत्स हालतमा उनलाई देखेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरिहाले। तत्कालै इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक विकास राईको नेतृत्वमा टोली घटनास्थल पुग्यो।

प्रहरीले अनुसन्धान सुरु गर्‍यो। लासको जाँच गरी मुचुल्का उठायो। घटनास्थल कभर गर्‍यो। प्रहरीको प्रारम्भीक अनुसन्धानले घटना भवितब्य नभएर हत्या भएको निष्कर्ष निकाल्यो। पर्शुरामको आखिर कसले हत्या गर्‍यो अनि किन?  प्रहरी हत्याराको खोजीमा लाग्यो।

शवलाई पोष्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाइयो। अपराधीको 'पदपाच' तथा प्रमाण झुटाउन थप सहयोगका तालिम प्राप्त कुकुर मगाउने तय भयो। केही घण्टामा नै  संघीय इकाई प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर घटनास्थल लगियो। घटनाको गम्भीरतालाई ध्यान दिँदै इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट डीएसपीको टोली नै अनुसन्धानमा खट्यो।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्‍यो। अन्ततः केही क्लु भने हात पर्‍यो। चार दिनपछि प्रहरीले पर्शुरामको हत्या अभियोगमा दुई जनालाई समात्न सफल भयो। समातिएका व्यक्ति अरु कोही नभएर उनकै साथी निस्किए। प्रहरीले हत्याको अभियोगमा सोही ठाँउमा बस्ने ४७ वर्षीय बुधलाल किसान र २८ वर्षीय भयङ्कर भन्ने भुखन किसानलाई पक्राउ पछि सार्वजिक गरेको छ। अभियुक्त दुई जना काका भतिज हुन्।

कसरी भयो ज्यानै जाने घटना?

घटना भएको रात बुधलाल र भयङ्कर गौतमको घरमा पुगेर सँगै रक्सी खाएको प्रहरीको अनुसन्धानमा देखिएको छ। दुवै जनाले यो स्वीकार समेत गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए।

बुधलालले प्रहरीको बयानमा भनेका छन्, 'म र पर्शुराम उसको घरमा रक्सी खाइ बसिरहेको बेलामा मेरो भतिज भयङ्कर आइपुगेको र सँगै रक्सी आएका थियौं। पर्शुराम गौतम एकआपसमा विवाद गर्न थाले, अनि मेरो भतिजो भयङ्कर पर्शुराम गौतमलाई कुटपिट गरी गम्भीर चोट पुर्‍याइ घटनास्थलबाट घरतर्फ लागेका हुन्।'

त्यसपछि दुवै जना आफ्नो घर गएका थिए। त्यसपछि उनी बिहान ३ बजेतिर भयङ्करले लगाएको लुगा बुधलालको घरमा गएर माछा मार्ने ढोक्सामा हालेको डीएसपी थापाले जानकारी दिए। बिहान ढोक्सामा रगत लागेको देखेपछि बुधलालले ढोक्सा नै जलाएका थिए। जुन कुरा प्रहरी बयानमा बुधलालले स्वीकार गरिसकेको प्रहरीको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell