PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

दरबारमार्गमा छमछमी नाचे कमल थापा, हिन्दु राज्यको माग गर्दै राप्रपाको जुलुस 

दरबारमार्गमा छमछमी नाचे कमल थापा, हिन्दु राज्यको माग गर्दै राप्रपाको जुलुस 

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : हातमा नेपालको झन्डा मुखमा मास्क। त्यसपछि छमछमी नाच। कमल थापा दरबारमार्गमा रहेको महेन्द्रको सालिक नजिकै यस्तै स्वरुपमा थिए। हिन्दु राष्ट्रको माग गर्दै आज र्‍याली निकालेको हो राष्ट्रिय प्रजातन्त्र पार्टीले। 

र्‍याली दरबारमार्गमा आएर टुङ्गियो। केही समय नारायणहिटीदेखि तीनधारा पाठशालासम्म राप्रपाका नेता कार्यकर्ताका गाडी र मोटरसाइकलले भरिए। त्यही र्‍याली समाप्त पार्दा कमल थापा छमछमी नाचेका थिए। देशव्यापी रुपमा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको पक्षमा राप्रपाले प्रदर्शन थालेको छ। त्यसै अन्तर्गत आज मोटरसाइकल र्‍याली निकालिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले हुँदाखाँदाको प्रतिनिधिसभा विघटन गरेर वैशाखमा निर्वाचनको घोषणा गरेका छन्। राप्रपाले निर्वाचनको घोषणालाई स्वागत गरिसकेको छ। पछिल्लो पटकको प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका एकजनाले मात्र झापाबाट चुनाव जितेका थिए। कमल थापासहितको शीर्ष नेतृत्व तह नराम्ररी पराजित हुन पुगेको थियो।

संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान अन्तर्गत पटक पटक उपप्रधान मन्त्री बनिसकेका कमल थापा पछिल्लो निर्वाचनपछि भने पूर्ण रुपमा राजतन्त्रसहितको हिन्दु राज्यको अभियानमा जुटेका छन्। विभाजित भएको राप्रपा पनि एकजुट भएको छ। यही मेलोमा उनीहरुले शक्ति प्रदर्शन गरेका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell