PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

शङ्ख फुकेर 'प्रतिगमन विरुद्ध' विरोध, केपी ओली र विद्या भण्डारीविरुद्ध श्रष्टाका सिर्जना

शङ्ख फुकेर 'प्रतिगमन विरुद्ध' विरोध, केपी ओली र विद्या भण्डारीविरुद्ध श्रष्टाका सिर्जना

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनले आज राजधानीमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ। 

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीका तस्बिरहरु अनुहारमा  लगाउँदै सहभागीहरुले प्रतिनिधिसभा विघटनको विरोध गरेका हुन्। ओलीको कदमको विरोधमा प्ले कार्डसहित नागरिक समाजका अगुवाहरु सडकमा उत्रिएका हुन्। ओलीतन्त्रविरुद्ध उनीहरुले सङ्ख बजाउँदै विरोध जनाएका हुन्। प्रतिगमन भएको भन्दै विरोध कार्यक्रममा विभिन्न श्रष्टाहरुले सिर्जना गरेका कविताका पङ्तिहरु प्ले कार्डबाट प्रदर्शनी गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलमा आफ्नो उपस्थिति कमजोर भएको आँकलन गर्दै प्रतिनिधिसभा भंग गरेका थिए। त्यससम्बन्धि सिफारिस राष्ट्रपतिलाई गरेलगत्तै राष्ट्रपति भण्डारीले त्यसलाई सदर गरेकी थिइन्। यसै विषयलाई लिएर सर्वोच्च अदालतमा मुद्दा जारी छ। साथै पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूहले सडक आन्दोलनको घोषणा गरिसकेको छ। ओलीको कदमको विरोधमा नेपाली काँग्रेसले पनि सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने तयारी गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell