PahiloPost

May 28, 2026 | १४ जेठ २०८३

संसद विघटनको विरोधमा बबरमहलमा जसपा निकट विद्यार्थी संगठनको मसाल जुलुस

संसद विघटनको विरोधमा बबरमहलमा जसपा निकट विद्यार्थी संगठनको मसाल जुलुस

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) निकट विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनको विरोधमा मसाल जुलुस निकालेको छ। जसपा निकट विद्यार्थी संगठनले बबरमहलमा मसाल जुलुस निकालेको हो।

सो क्रममा मसाल जुलुसमा सहभागीहरुले ‘निरकुंश प्रधानमन्त्री मुर्दावाद’, ‘प्रतिनिधिसभा पुनःस्थापना गर’, ‘असंवैधानिक नियुक्ति खारेज गर’, ‘राष्ट्रपति संस्थाको मर्यादा कायम गर’ लगायतका नारा लगाएका थिए।

संसद विघटनको विरोधमा पूर्व निर्धारित कार्यक्रम अनुरुप मसाल जुलुस निकालिएको हो। त्यसै क्रममा प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वसत्तावादी सोचको साथ देशमा तानाशाही बन्न खोजेको आरोप लगाए।



ट्रेन्डिङ पोस्ट

Ncell