इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड र लेस्टर सिटी बराबरीमा रोकिएका छन्। किंग पावर स्टेडियममा भएको खेलमा घरेलु टोली लेस्टर सिटी युनाइटेडसँग बराबरीमा रोकिएको हो।
रोमाञ्चक खेलको २४ औं मिनेटमा ब्रुनो फर्नान्डेजको पासमा मार्कस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। तर ३१ औं मिनेटमा घरेलु टोलीका लागि हार्बे बार्नेसले गोल गर्दै खेल बराबरीमा ल्याए। र, पहिलो हाफमा खेल १-१ को बराबरीमा रोकियो।
दोस्रो हाफमा युनाइटेडले फेरि अग्रता बनायो। एडिसन काभानीको पासमा फर्नान्डेजले ७९ मिनेटमा गरेका थिए। तर त्यसको ६ मिनेट भित्रै एक्सल टूवाजेवेले आत्मघाती गोल गर्दा लेस्टर बराबरीमा आयो।
यो सँगै युनाइटेडले दोस्रो स्थान उक्लने मौका गुमाएको हो। १५ खेलबाट २८ अंक जोडेको लेस्टर सिटी दोस्रो स्थानमा छ भने १४ खेलबाट २७ अंक जोडेको युनाइटेड तेस्रो स्थानमा छ। तालिकाको शीर्षस्थानमा १४ खेलबाट ३१ अंक जोडेको लिभरपुल छ।
