PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

म्यानचेस्टर सिटीको सहज जित, एभर्टन दोस्रो स्थानमा



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको सहज जित, एभर्टन दोस्रो स्थानमा

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले न्यु क्यासलमाथि सहज जित निकालेको छ। इतिहाद स्टेडियममा भएको खेलमा सिटीले न्यु क्यासलमाथि २-० गोलअन्तरले जित निकालेको हो।

खेलको १४ ‍औं मिनेटमा रहिम स्ट्रलिङको पासमा इल्के गुन्डोगनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा सिटी एक गोलले अघि रह्यो। दोस्रो हाफमा फेरान टोरेसले सिटीका लागि गोल थपे। उनले खेलको ५५ औं मिनेटमा गोल गर्दा घरेलु टोलीले २-० ले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै भएको अर्को खेलमा एभर्टनले शेफिल्ड युनाइटेडमाथि संघर्षपूर्ण जित निकाल्यो। ब्रामल लेनमा भएको खेलमा एभर्टनका लागि गिल्फी सिगुरोसनको निर्णायक गोलमा घरेलु टोलीमाथि जित निकालेको हो।

जितसँगै १५ खेलबाट २९ अंक जोडेको एभर्टन तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै १४ खेलबाट २६ अंक जोडेको सिटी तालिकाको पाँचौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell