PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

आर्सनलसँग चेल्सी पराजित



पहिलोपोस्ट

आर्सनलसँग चेल्सी पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी आर्सनलसँग पराजित भएको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा सातवटा जितविहीन खेलको यात्रा तोड्दै आर्सनलले चेल्सीमाथि ३-१ गोलअन्तरले जित निकालेको हो।

खेलको ३४ औं मिनेटमा अलेक्जेन्ड्रे लकाजेटको गोलमा आर्सनलले खेलमा अग्रता बनाएको थियो। त्यस्तै ग्रेनित साकाको ४४ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै आर्सनल २ गोलले अघि रह्यो।

त्यस्तै दोस्रो हाफमा बुकायो साकाले गोल थप्दा आर्सनले तीन गोलको अग्रता बनाएको थियो। उता चेल्सीका लागि ८५ औं मिनेटमा ट्यामी अब्राहमले सान्त्वना गोल फर्काए।

जितसँगै १५ खेलबाट १७ अंक जोडेको आर्सनल तालिकाको १४ औं स्थानमा उक्लिएको छ भने १५ खेलबाट २५ अंक जोडेको चेल्सी तालिकाको सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell