बेलायतमा देखिएको फरक किसिमको कोरोना भाइरस युरोपका विभिन्न देशसहित जापान र क्यानडामा पनि देखिएको छ। स्विट्जरल्यान्ड, स्विडेन, फ्रान्स, स्पेनलगायत देशमा बेलायतबाट फर्किएकाहरूमा फरक किसिमको संक्रमण पुष्टि भएको हो।
क्यानडाको ओन्टारियोमा एक दम्पतिमा नयाँ स्वरूपको भाइरस देखिएको हो। उनीहरूले संक्रमण देखिनु अघि कतै यात्रा भने गरेका थिएनन्। जापानमा भने एक पाइलटमा संक्रमण देखियो जो बेलायतबाट फर्किएका थिए।
बीबीसीका अनुसार नयाँ स्वरूपको भाइरसकै कारण जापानले सोमवारदेखि पर्यटक एवं अन्य अन्तर्राष्ट्रिय यात्रुलाई प्रतिबन्ध लगाउदै।
भाइरसको स्वरूप फेरिदै गर्दा बेलायता सँगै युरोपका केही देशमा कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको छ।
