साउदी अरबका राजकुमार मोहम्मद बिन-सलामले कोरोना भाइरसविरुद्धको खोप लगाए। उनले खोप लगाएको फोटो तथा भिडियो सार्वजनिक भएपछि केही घण्टामै भ्याक्सिन लगाउन नाम दर्ता गर्नेहरूको संख्या बढेको छ।
त्यहाँका स्वास्थ्य मन्त्री डाक्टर तौफिक अल-रबीआका अनुसार नाम लेखाउनेको संख्या पाँच गुना बढेको हो।
साउदी अरबमा विहिवारदेखि हालसम्म ५ लाख मानिसले खोपका लागि नाम दर्ता गराएका थिए। उनले सामाजिक संजालमार्फत राष्ट्रिय खोप अभियान बारे जानकारी दिएका हुन्।
लेखेका छन् – राजकुमारको यस प्रभावकारी पहलका लागि आभारी छु।
الساعة التي تلت نشر خبر تلقي سمو ولي العهد للجرعة الأولى من لقاح كورونا،
— توفيق الربيعة (@tfrabiah) December 26, 2020
ارتفع معدل التسجيل لتلقي اللقاح خمسة أضعاف عن الساعات السابقة.
وارتفع عدد المطعمين ثلاث أضعاف المعدل اليومي.
الشكر والامتنان لسموه على مبادرته المؤثرة وحرصه ومتابعته لتوفير اللقاحات للمواطنين والمقيمين.
