PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य प्रस्तावित, अविश्वासको प्रस्तावमा शेरधनमाथि यस्तो आरोप



अनन्तराज न्यौपाने

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य प्रस्तावित, अविश्वासको प्रस्तावमा शेरधनमाथि यस्तो आरोप

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तासँगै भीमप्रसाद आचार्यलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ। प्रचण्ड माधव गुटका ३७ जना प्रदेश सांसदहरुको हस्ताक्षरसहित प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीलाई पेश गरिएको अविश्वास पत्रमा उक्त प्रस्ताव रहेको छ।

'माननीय शेरधन राईले नेतृत्व गर्नुभएको प्रदेश सरकारको विघटनपछि यस प्रदेश सभाका सदस्यमा भीमप्रसाद आचार्यलाई मुख्यमन्त्रीको रुपमा नेपालको संविधानको धारा १८८ को उपधारा ५ बमोजिम प्रस्तावित गर्दछौं,' अविश्वास पत्रमा भनिएको छ। तीन वर्षअघि प्रदेश १ मा मुख्यमन्त्रीका लागि भएको नेकपाको संसदीय दलको निर्वाचनमा राईसँग दुई मतले पराजित भएका थिए।

त्यसैगरी प्रचण्ड नेपाल गुटले चाडै प्रदेश १ को प्रदेश सभा बैठक बोलाउनसमेत माग गरेको छ। मुख्यमन्त्री राईले प्रदेश १ को नामाकरण गराउन पहल नगरेको, महँगा गाडी चढ्न अभिप्रेरित गरेको जस्ता आरोप अविश्वासको प्रस्तावमा उल्लेख छ।

उनीहरुले प्रदेश सभा नियमावली २०७४ को नियम १२९ बमोजिम अविश्वासको प्रस्ताव पेश गरेका हुन्।

प्रदेश १ मा प्रदेशसभामा ९३ जना सदस्य छन्। जसमध्ये पूर्व एमालेका ५१ र पूर्व माओवादीका १६ गरी नेकपाका ६७ प्रदेश सांसद छन् यसमा पनि नेपाल पक्षका ४७ र ओली पक्षका २० जना सांसद रहेका छन्। प्रतिपक्षमा नेपाली काँग्रेसका २१, जनता समाजवादीका तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक मञ्चका एक एक जना प्रदेश सांसद छन्।

३७ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेसँगै मुख्यमन्त्री राई अल्पमतमा परेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell