PahiloPost

Aug 2, 2025 | १८ साउन २०८२

नागरिकता वितरणमा त्रुटि : झापामा इलाका प्रशासन प्रमुख नियन्त्रणमा



रासस

नागरिकता वितरणमा त्रुटि : झापामा इलाका प्रशासन प्रमुख नियन्त्रणमा

झापा : नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उ

नलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो।

‘हामीले जिप्रकाको आदेशलाई मानेका हौं,’ प्रहरी प्रवक्ता राकेश थापाले भg], ‘खै नागरिकता वितरण प्रक्रियामा केही त्रुटि भयो भन्ने कुरा आएको छ। उहाँहरुको आन्तरिक मामिला हो, छानबिन भइरहेको छ, तथ्यसहित सबै कुरा प्रमाणित भएपछि जानकारी गराउँछौं।’

साहसँगै कार्यालय सहयोगी आशीर आलमलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell