PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बेलायतकी महारानीको सम्बोधन क्रिष्टमसमा सर्वाधिक हेरिएको कार्यक्रम



पहिलोपोस्ट

बेलायतकी महारानीको सम्बोधन क्रिष्टमसमा सर्वाधिक हेरिएको कार्यक्रम

बेलायतकी महारानी एलिजाबेथले दिएको क्रिष्टमस सन्देश सो दिनको सर्वाधिक हेरिएको कार्यक्रम बनेको छ। महारानीले कोभिड-१९ केन्द्रित आशाको सन्देश दिएकी थिइन्।

सम्बोधनमा ९४ वर्षीया महारानीले आफूले कुनै पारिवारिक जमघट बिना पर्व मनाएको बताएकी थिइन्। भनेकी थिइन्,'परिवार वा साथीभाइबाट टाढा रहेका सबैलाई भन्न चाहन्छु – तपाईं एक्लो हुनुहुन्न।'

कोरोनाका कारण यस वर्ष क्रिष्टमस प्रभावित भएपनि 'हरेक अध्यारोपछि उज्यालो आउँछ' भन्दै आशावादी सुनिएकी थिइन्। कोरोनाले मानिसलाई भावनात्मक रुपमा नजिक बनाएको तर्क गरिन्।

महारानीले हरेक वर्ष गर्ने सम्बोधन यो पटक ८१ लाख ४० हजार दर्शकले बीबीसी वान, आइटिभी र स्काइ न्यूजमार्फत् हेरेका थिए।

बीबीसीका अनुसार 'द मिडवाइफ' ५० लाख ४३ हजार र 'ब्ल्याङ्केटी ब्ल्याङ्क' ५० लाख २६ हजार दर्शकसहित दोस्रो र तेस्रो सर्वाधिक हेरिएका कार्यक्रम हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell