PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

४० को दशकपछि ओली निरन्तर प्रतिगमन पथमा छन्, काँग्रेस झर्छ र खाउला भनेर बसेको छ : बाबुराम भट्टराई



पहिलोपोस्ट

४० को दशकपछि ओली निरन्तर प्रतिगमन पथमा छन्, काँग्रेस झर्छ र खाउला भनेर बसेको छ : बाबुराम भट्टराई

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको कडा विरोध गरेका छन्।

संविधानमै कही नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको भन्दै भट्टराईले संविधानमा शासकीय व्यवस्थामा गल्ती भएको उल्लेख गरे। ‘बेलायतमा पानी पर्‍यो भने यहाँ छाता ओढेर हुँदैन। त्यहाँको संसद बिघटन यहाँ गरेर हुँदैन। त्यो पुँजीवादको उच्चतम प्रयोग हो। संविधानमा कहि छैन विघटन। संविधानमा शासकीय ब्यबस्थामा गल्ती भएको छ,’ उनले भने।

भट्टराईले ओली ४० को दशकपछि निरन्तर प्रतिगमनको पक्षमा रहेको आरोप लगाए। ‘ओलीले आफूलाई भन्ने कम्युनिस्ट बनाउने राम मन्दिर। यो गलत छ। उनलाई प्रम बनाउनु गलत भयो,’ उनले भने।

अहिलेको परिस्थितिमा कांग्रेसको भूमिकालाई लिएर पनि भट्टराईले असन्तुष्टि जनाए। ‘काँग्रेस झर्छ र खाउला भनेर बसिराछ,’ उनले भने।

संसद विघटन हुने अवस्था आउनुमा प्रचण्ड र माधव नेपाल पनि दोषी रहेको उनको भनाई छ। ‘असारमै ठेगान लाउनुस भने प्रचण्ड नेपाललाई। तर मानेनन्। पहिला हामीलाई पलेटी कस्न लगाए। अहिले आफैले सडकमा पलेटी कस्नु भयो,’ उनले गुनासो गरे।

प्रतिगमन अंश अंश गरि आउने भन्दै भट्टराईले थपे, ‘केपी ओलीले राज्यका निकाय कब्जा गरेका छन्। संसद बिघटन गर्ने अनि मन्त्रिपरिषद् बिस्तार गर्ने? मैले बिघटन गर्दा नौं महिनासम्म मन्त्री थपिन। तर केपी ओलीले सडकबाट टिपेर मन्त्री बनाउने? देश फस्यो अब पार लाउन गार्हो छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell