PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

कोरोना भाइरसका कारण स्थगित नेफ्टा अवार्ड आउँदो फागुनमा



पहिलोपोस्ट

कोरोना भाइरसका कारण स्थगित नेफ्टा अवार्ड आउँदो फागुनमा

काठमाडौं : कोभिड-१९ संक्रमण जोखिमका कारण प्रभावित नेफ्टा अवार्ड यसै वर्ष हुने भएको छ। गत वर्ष अवार्डको १० औं संस्करण कोरोना भाइरसकै कारण स्थगित भएको थियो। नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा आउँदो फागुन अन्तिम साता अवार्ड समारोह हुने भएको छ।

विभिन्न विधामा दिइने अवार्डको उत्कृष्ट पाँच मनोनयन आउँदो माघ १० गते सार्वजनिक गरिने संयोजक सुष्मा पौडेलले बताएकी छिन्। जनजीवन सामान्य बन्दै गइरहेको र व्यापार व्यवसाय, यातायातसँगै सिनेमा घरहरुपनि खुल्ने क्रममा रहेकाले कार्यक्रम तय गरिएको उनको भनाइ छ।
कोभिड-१९ लाई मध्यनजर गर्दै सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरी कार्यक्रम गर्ने नेफ्टाले जनाएको छ।

गत वर्षको चैत २२ गते टुंडिखेलमा हुनेगरी तय भएको थियो। तर तोकिएको समय अगावै कोरोना भाइरसको जोखिम बढ्यो र कार्यक्रम स्थगति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell