PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

पद जोगाउन संविधानमा खड्ग प्रहार गरियो : अशोक राई



पहिलोपोस्ट

पद जोगाउन संविधानमा खड्ग प्रहार गरियो : अशोक राई

काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालका वरिष्ठ नेता अशोक राईले संविधानमा खड्ग प्रहार भएको बताएका छन्। काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै राईले खड्गप्रसादले खड्ग प्रहार गरेको आरोप लगाए।

‘यो संविधान पूर्ण थिएन। पूर्ण बनाउन जरुरी थियो। बिभेदकारी थियो। संसद बोलाउँदा प्रमको कुर्सी असुरक्षित थयो। पद जोगाउन संसदमा खड्ग प्रहार गरिएको छ। संसद बिघटन भएको छैन। आन्दोलन गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।

राईले अगाडि भने, ‘१७ सालको संसद बिघटन भन्दा पनि यो खराब छ। त्यतिखेर संविधान अनुसार नै थियो। अहिले संविधानमा त्यो ब्यबस्था छ। बिहेमा बज्ने बाजा मलाममा बजाईएको छ।’

ओलीले संसदको सामना नै गर्न नसको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell