PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

राजु अधिकारीको कथा संग्रह ‘लावण्य देश’ सार्वजनिक



पहिलोपोस्ट

राजु अधिकारीको कथा संग्रह ‘लावण्य देश’ सार्वजनिक

काठमाडौं : राजु अधिकारीको कथा संग्रह ‘लावण्य देश’ सार्वजनिक भएको छ। संग्रहमा २१ वटा छोटा कथाहरु छन्।  

शीर्षकथा 'लावण्य देश'मा शिव शर्मा ब्राह्मण लावण्य देशको भ्रमणमा निस्किएका हुन्छन्। तर त्यहाँका बासिन्दाहरु लोभ, लालच र स्वार्थ केन्द्रित भइसकेका हुन्छन्। उनी आफैले बनाएको नियमको विपरीत उभिएर ती मानिसमा सद्बुद्धी भरिदिन चाहन्छन्। त्यसैको वरपर कथा घुमेको छ।

लेखकले उल्लेख गरेको लावण्य देशले नेपालको संकेत गर्छ।

अन्य कथाहरुमा पनि सामाजिक विसङ्गति र विकृतिका कथाहरु छन्। लावण्य देश वी रिडले प्रकाशनमा ल्याएको हो। १८४ पृष्ठको यस पुस्तकको मूल्य ३७५ रुपैयाँ राखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell