PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

अविश्वासको प्रस्ताव विफल हुने मुख्यमन्त्री राईको दाबी, भने 'प्रतिनिधिसभा विघटन सान्दर्भिक'



अविश्वासको प्रस्ताव विफल हुने मुख्यमन्त्री राईको दाबी, भने 'प्रतिनिधिसभा विघटन सान्दर्भिक'
फाइल फोटो

काठमाडौं :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि सुनियोजित रुपमा अविश्वासको प्रस्ताव दर्ता गरिएको आरोप लगाएका छन्। अविश्वसको प्रस्ताव दर्ता भएपछि प्रतिक्रिया दिदै राईले आफूले काम गर्न नसकेकाले नभइ षडयन्त्रपूर्वक प्रस्ताव आएको बताएका हुन्।

'संघीयतालाई संस्थागत गर्न नदिने मनाशयबाट, खासठाउँबाट निर्देशित भएर, सुनियोजित ढंगले अविश्वसको प्रस्ताव दर्ता भएको छ,' उनले भने।

राईले अविश्वसको प्रस्तावको आफूले सामना गर्ने बताए। उनले आफ्नो समूहमा बहुमत रहेको दाबी समेत गरे।

'सुविधाजनक बहुमतका साथमा म सामना गर्छु,' उनले भने,' प्रदेशलाई तहसनहस बनाउने जुन चाहना छ त्यसलाई म असफल पार्छु।'

राईले प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्नु सान्दर्भिक भएको भन्दै बचाउ समेत गरेका छन्। उनले ताजा जनादेशमा जानु संविधान विपरित हुन नसक्ने तर्क गरे।

मुख्यमन्त्री राई विरुद्ध आइतबार अविश्वसको प्रस्ताव दर्ता भएको छ। प्रस्तावमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र माधव नेपाल समूहका ३७ जना सांसदले हस्तार गरेका थिए।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्तासँगै भीमप्रसाद आचार्यलाई नयाँ मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell