PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नेपालमा थप ४८१ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु



पहिलोपोस्ट

नेपालमा थप ४८१ जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४८१ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ८२८ जनाको नमुना परीक्षण गर्दा ४८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ५८ हजार १८१ पुगेको छ। पछिललो २४ घण्टामा संक्रमण पुष्टि भएका मध्ये २०८ जना काठमाडौं उपत्यकाका हुन्। जसमध्ये काठमाडौंमा १७५, ललितपुरमा २७ र भक्तपुरमा ६ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड-१९ को सक्रमणबाट ६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या एक हजार ८२५ पुगेको छ।

त्यस्तै थप ७३१ जना संक्रमित संक्रमण मुक्त भएका छन्। योसँगै संक्रमण मुक्त हुनेको संख्या दुई लाख ४९ हजार ८६३ पुगेको छ।

हाल नेपालमा ६ हजार ४९३ जना सक्रिय संक्रमित रहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell