PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

एपीएफको लगातार दोस्रो जित, प्रदेश दुईको दोस्रो हार



पहिलोपोस्ट

एपीएफको लगातार दोस्रो जित, प्रदेश दुईको दोस्रो हार
तस्बिर: क्यान

प्रधानमन्त्री कप महिला क्रिकेट अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले प्रदेश दुईलाई पराजित गरेको छ। दाङको लमही क्रिकेट मैदानमा भएको खेलमा एपीएफले ८ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङमा उत्रिएको प्रदेश दुईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७२ रन बनाएको थियो। जसका लागि सोभा आलेले सर्वाधिक १३ रन बनाउँदा अनुराधा चौधरीले १८ रन बनाइन्। त्यसबाहेकका अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन्।

प्रदेश दुईलाई सामान्य स्कोरमै समेट्न एपीएफकी सीता राना मगरले सर्वाधिक २ विकेट लिइन्। त्यस्तै रेखा रावल, करुणा भण्डारी, इश्वरी विष्ट र राजमती ऐरीले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १३.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। एपीएफका लागि ज्योती पाण्डेले सर्वाधिक ३० रन बनाउँदा कप्तान सीता रानामगरले १८ रन बनाइन्। त्यस्तै सरिता मगर र इन्दु बर्मा क्रमश ६ र १ रनमा अभिजित रहे।

प्रदेश दुईका लागि सरस्वती कुमारी र कविता गौतमले समान १/१ विकेट लिए।

योसँगै समूह ए मा रहेको एपीएफले लगातार दोस्रो जित निकाल्दै समुहको शीर्ष स्थानमा पुगेको छ। एपीएफले हिजोको खेलमा कर्णाली प्रदेशमाथि २०४ रनको फराकिलो जित निकालेको थियो। त्यस्तै प्रदेश दुईले शनिवारको खेलमा लुम्बिनी प्रदेशसँग पराजय ब्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell