PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बेलायत लगायतका देशबाट आएका २२७ जनाको कोभिड परीक्षण गरिँदै, संक्रमण पुष्टि भए जिन सिक्वेन्सिङ गरिने



पहिलोपोस्ट

बेलायत लगायतका देशबाट आएका २२७ जनाको कोभिड परीक्षण गरिँदै, संक्रमण पुष्टि भए जिन सिक्वेन्सिङ गरिने
फाइल फोटो।

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला दिनहरुमा संयुक्त राज्य (बेलायत)लगायतका देशबाट फर्किएका २२७ जनाको नमुना संकलन गरी आरटी-पीसीआर पद्धतीबाट कोभिड-१९ को परीक्षण गर्ने भएको छ।

यसरी परीक्षणका क्रममा संक्रमण पुष्टि हुनेहरुको जिन सिक्वेन्सिङ गरी भाइरसको नयाँ स्ट्रेनको अध्ययन गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्स कमाण्ड सिस्टम आइसीएसले यस्तो निर्णय गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

पछिल्लो समय बेलायत हुँदै युरोपेली मुलुकहरुमा कोभिड-१९ को नयाँ स्ट्रेन देखा परेको र त्यो थप घातक भइरहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। सोही अनुसार नेपालमा बेलायतमा देखा परेको नयाँ स्ट्रेनको बारेमा अध्ययन गर्नका लागि जिन सेक्वेन्सिङ गरिने भएको हो।

यसैबीच बैठकले निजी अस्पतालहरुलाई कोभिड अस्पतालको सूचीबाट हटाउने निर्णयसमेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell