PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते आह्वान



पहिलोपोस्ट

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन पुस १७ गते आह्वान

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छन्।

संविधानको धारा ९३ को उपधार (१) बमोजिम पुस १७ गते शुक्रवार अपराह्न ४ बजेका लागि राष्ट्रपतिले अधिवेशन आह्वान गरेकी हुन्।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अधिवेशन आह्वान गरिएको जानकारी दिएका छन्।

प्रधानमन्त्रीले प्रतिनिधिसभा भने विघटन गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell