PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हुँदाछँदाको घरमा आगो लगाएर मन्त्रीको खरानी घस्नेहरू गुलियो चाट्न गएका हुन् : भीम रावल



एम बम

हुँदाछँदाको घरमा आगो लगाएर मन्त्रीको खरानी घस्नेहरू गुलियो चाट्न गएका हुन् : भीम रावल

कैलाली : नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भीम रावलले काम चलाउ प्रधानमन्त्रीले विधि मिचेर मन्त्रीमण्डल विस्तार गरेको भन्दै उक्त मन्त्रीमण्डलका सदस्यहरूले सत्ताको मोहले मन्त्रीको शपथ खाएको बताएका छन्।

आइतवार धनगढी आइपुगेका नेता रावलले प्रधानमन्त्रीले आफ्नो अधिकार भन्दा बाहिर गएर प्रतिनिधि सभा विघटन गरेको बताएका छन्। ओलीले संसद् विघटन गरेर देश र जनताप्रति गम्भीर घात गरेको रावलको आरोप छ।

‘अहिले न सरकारलाई मन्त्रीमण्डल विस्तारको अधिकार छ न प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार थियो’, रावलले भने, ‘त्यो प्रक्रियाबाट मन्त्रीमण्डलमा गएकाहरू सत्ताको गुलियो चाट्न त्यहाँ गएका हुन्।’

उनले पार्टीको विधि विधान विपरीत रहेर अघि बढेका ओली प्रति लक्षित गर्दै नयाँ मन्त्रीहरूलाई भने, ‘उनीहरू हुँदाछँदाको घरमा आगो लगाएर खरानी घस्न गएकाहरू हुन्।’

वर्तमान सरकार काम चलाऊ भइसकेको भन्दै नेता रावलले वर्तमान सरकारलाई मन्त्री नियुक्त गर्ने अधिकार समेत नरहेको बताए।

‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार दिन हुन्न भन्ने राजनैतिक बैठकहरूमा सहमति भएर हामीले प्रधानमन्त्रीलाई अधिकार नदिने गरी व्यवस्था गरेका हौँ। अहिले प्रधानमन्त्रीले अधिकार भन्दा बाहिर गएर प्रतिनिधि सभा विघटन गरे,’ रावलले भने।

उनले बहुमत केन्द्रीय सदस्य आफूहरू तर्फ रहको बताउँदै निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि आफूहरूको पक्षमा निर्णय गर्ने दावी गरे।

ओलीले स्थायी कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयन गर्न पनि बेबस्ता गरेको बताउँदै वर्तमान सरकारलाई काम गर्न दिइएन भन्नु लज्जास्पद भएको प्रतिक्रिया दिए। बालुवाटारमा ओली पक्षले गरेको केन्द्रीय समितिको बैठक ओली गुटको भेला मात्रै भएको रावलको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell