PahiloPost

May 17, 2026 | ३ जेठ २०८३

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो लिभरपुल



पहिलोपोस्ट

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो लिभरपुल

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा लिभरपुल वेस्टब्रुमसँग बराबरीमा रोकिएको छ। एनफिल्डमा भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुलले घरेलु मैदानमा अंक बाँडेको हो।

खेलको १२ औं मिनेटमा साडियो मानको गोलमा अग्रता लिएको लिभरपुल पहिलो हाफमा एक गोलले अघि रह्यो। तर दोस्रो हाफको अन्तिम समयमा वेस्टब्रुमका सेमी अजायीले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ८२ औं मिनेटमा गोल गरेका थिए।

टोटेनहम पनि बराबरीमा रोकियो

त्यस्तै गएराति नै भएको अर्को खेलमा टोटेनहम हट्सपर पनि बराबरीमा रोकिएको छ। मोलिनिउक्स स्टेडियममा भएको खेलमा टोटेनहमले खेलको पहिलो मिनेटमै टानगाइ एनडोम्बेलेको गोलमा अग्रता बनाएको थियो। पहिलो हाफमा टोटेनहम एक गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोलीका रोमेन साइसले गोल गर्दै खेल बराबरीमा ल्याए। उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए।

बराबरीमा रोकिएसँगै शीर्षस्थानमा रहेको लिभरपुलको १५ खेलबाट ३२ अंक छ। त्यस्तै टोटेनहम समान खेलबाट २६ अंक जोडेर तालिकाको पाँचौ स्थानमा छ। त्यस्तै वेस्टब्रुम ८ अंकसहित १९ औं स्थानमा छ भने वुल्भ्समा २१ अंकसहित ११ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell