PahiloPost

Aug 17, 2026 | १ भदौ २०८३

दक्षिण अफ्रिकामा पनि नयाँ स्वरुपको कोरोना भाइरस, संक्रमितको संख्या नाघ्यो १० लाख



पहिलोपोस्ट

दक्षिण अफ्रिकामा पनि नयाँ स्वरुपको कोरोना भाइरस, संक्रमितको संख्या नाघ्यो १० लाख
Getty Images

दक्षिण अफ्रिकामा कोभिड-१९ संक्रमितको संख्या १० लाख नाघेको छ। बीबीसीका अनुसार उक्त तथ्याङ्क त्यहाँ नयाँ स्वरुपको भाइरस पुष्टि भए लगत्तै सार्वजनिक गरिएको हो। जुन भाइरस अझै चाँडो फैलने देखिएको छ।

त्यहाँका केही अस्पताल र स्वास्थ्य केन्द्रहरूमा अस्पताल भर्ना हुनेको संख्या ह्वात्तै बढेको छ। अस्पतालहरूमा उपचार सामाग्रीको अभाव देखिएको छ। सँगै राष्ट्रपति साइरिल रमाफोसाले कडा प्रतिबन्ध घोषणा गर्ने अनुमान छ।

दक्षिण अफ्रिकाका स्वास्थ्य मन्त्री ज्वेली म्याक्हाइजले आइतवार त्यहाँ १० लाख ४ हजार ४ सय १३ मा संक्रमण पुष्टि भएको बताएका हुन्। संक्रमणकै कारण मर्नेको संख्या २६ हजार ७ सय ३५ को मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell