PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

साउदी अरबमा तेल र ग्यासको ४ नयाँ स्रोत पहिचान



पहिलोपोस्ट

साउदी अरबमा तेल र ग्यासको ४ नयाँ स्रोत पहिचान
Reuters/Aramco Handout

साउदी अरबमा चार नयाँ तेल एवं ग्यास क्षेत्र पहिचान भएका छन्। आइतवार त्यहाँको उर्जा मन्त्री राजकुमार अब्दुल अजीज बिन-सलमानले उक्त खबर घोषणा गरेका हुन्।

सरकारी समाचार एजेन्सी साउदी प्रेस एजेन्सी (एसपीए) का अनुसार उत्तर-पश्चिम धाहरनको अल-रीश तेल क्षेत्रमा गैर-पारम्परिक तेलको खोज भएको हो। पूर्वी प्रान्तमा रहेको शहर देशको तेल उद्योगको एक प्रमुख प्रशासनिक केन्द्र हो।

अल-रीशको दुई नम्बरको स्रोतबाट हरेक दिन ४ हजार ४ सय ५२ ब्यारेल कच्चा तेल उत्पादन र ३२ लाख स्टायान्डर्ड क्यूबिक फीट प्राकृतिक ग्यास उत्पादन हुने जनाइएको छ। त्यस्तै चार नम्बरको स्रोतबाट ३ हजार ६ सय ५४ ब्यारेल र १६ लाख स्ट्यान्डर्ड क्यूबिक फीट ग्यास उत्पादन हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell