PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

जग्गा व्यापारी सहदेव कक्षपती पक्राउ, कैद भुक्तानको लागि डिल्लीबजार कारागार चलान



पहिलोपोस्ट

जग्गा व्यापारी सहदेव कक्षपती पक्राउ, कैद भुक्तानको लागि डिल्लीबजार कारागार चलान

काठमाडौंः प्रहरीले जग्गा व्यापारी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले २ करोड रुपैयाँको चेक अनादर केसमा नियन्त्रणमा लिएको  परिसरका डिएसपी प्रमेश विष्टले जानकारी दिए।

गत मंसीर १ गते  दर्ता भएको मुद्धामा निर्देशक कक्षपतीलाई काठमाडौं जिल्ला अदालतले २ करोड रुपैयाँ विगो सहित ३ महिना कैद र ३ हजार रुपैयषाँ जरिवाना ठहर गरेको थियो। काठमाडौं महानगरपालिका वडा नम्वर ३४ बस्ने राजेन्द्र प्रसाद गोयलले चेक अनादर केसमा होटेल एभरेष्टका  प्रवन्ध निर्देशक सारिक लारी र कक्षपती बिरुद्ध उजुरी दिएका थिए।

प्रहरीले कक्षपतीलाई जिल्ला अदालतमा आवश्यक कारवाहीको लागी वुझाएकोमा अदालतले कैद भुक्तानको लागि डिल्लिवजार कारगार थुनामा पठाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell