PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अझै महङ्गो बने अक्षय कुमार



पहिलोपोस्ट

अझै महङ्गो बने अक्षय कुमार

बलिउडको सर्वाधिक व्यस्त, धनी र महङ्गा कलाकार हुन् अक्षय कुमार। सन् २०२० मा विश्वभरका सर्वाधिक धेरै कमाउने कलाकारको सूचीमा अटाउने उनी एकमात्र बलिउड कलाकार हुन्। महामारीको समयमा प्रभावितहरूलाई सहयोग गरेर उदारता दर्शाएका यी कलाकार अझै महङ्गो भएको खबर बलिउड हंगामाले जनाएको छ। उनले आफ्नो अभिनय शूल्क बढाएका हुन्।

एउटा फिल्मबाट ९९ करोड लिँदै आएका उनले लकडाउन अवधिमै शूल्क बढाएर एक सय ८ करोड पुर्‍याएका थिए। त्यस्तै पछिल्लो समय अनुबन्धित फिल्मबाट १ सय १७ करोड लिएका थिए। सन् २०२२ का लागि प्रस्ताव आएका फिल्महरूसँग भने उनले एक सय ३५ करोड माग गरेको जनाइएको छ।

अक्षयले आफ्ना साथी रहेका निर्माता साजिद नाडियावालालाई भने केही छुट दिएका छन्। उनको फिल्मका लागि २० प्रतिशत कम रकम लिएका हुन्। अक्षयका सूर्यवंशी, अतरङ्गी रे, पृथ्वीराज, राम सेतु, मिसन लायन, रक्षा बन्धनलगायत फिल्म प्रदर्शनको तयारीमा छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell