काठमाडौं : निर्मल पनेरुको नयाँ गीत ‘जिउँदै छु’ सार्वजनिक भएको छ। गीत भिडियोसहित युट्युब रिलिज भएको हो। गायक प्रहरी निरीक्षक हुन्।
सार्वजनिक गीतमा चिन्तामणी शिवाकोटीको शब्द रहेको छ भने हरि लम्सालले संगीत दिएका छन्।
१२ नोटले निर्माण गरेको गीतले प्रस्तुत गरेको गीति भिडियोमा रङ्गकर्मी मिलन कार्की र सुशिला थापा फिचर्ड छन्। बुद्ध थापाले खिचेको भिडियोलाई रायन कार्कीले निर्देशन गरेका हुन्।
